काठमाडौँ । गायक रबिन बर्तौलाको कति कुरा यस्ता हुन्छन् बोलको गीतको भिडियो रिलिज गरिएको छ । इञ्जिनियर गायक बर्तौलाकै अफिसियल च्यानल रबिन बार्तौलाबाट बजारमा आएको कति कुरामा लोकप्रिय गीतकार अरुण तिवारीको शब्द तथा चर्चित संगीतकार हरि लम्सालको शब्द शृजना रहेको छ ।
सन्दीप कार्कीको एरेन्ज रहेको सार्वजनिक गीत स्टुडियो भर्सनमा तयार पारिएको छ । जसमा गायक बर्तौला नै फिचर छन् ।गितले एउटा सत्य लुकाउनलाई हजार झुट बोल्नु पर्ने, चुकाउनेलाई थाहा हुन्छ कसको मूल्य कति पर्छ, भन्ने लगायतका मर्मस्पर्शी भावहरुलाई समेटेको छ ।