घडिअर्वा छठ पोखरी छठघाटको सम्पूर्ण तयारी

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205

१ मंसिर वीरगञ्ज । बीरगन्ज महानगरपालिकाको वडा नम्बर १० मा रहेको घडिअर्वा छठ पोखरी छठघाटको तयारी पूरा भएको व्यवस्थापन समितिले जनाएको छ । छठघाटको प्राङ्गणमा शुक्रबार ९आज० पत्रकार सम्मेलनको आयोजना गर्दै छठ पूजा व्यवस्थापन समितिका सचिव लखनलाल साह कानुले छठघाट सम्पूर्ण

तयारी पूरा भएको जानकारी दिएका हुन् ।

छठघाट व्यवस्थापन समितिका सचिव कानुले यो वर्ष छठघाटको सजावट र व्यवस्थापनमा करिब साढे १५ लाख ४१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । उनका अनुसार अहिलेसम्मको योजनाअनुसार टेन्ट–पण्डाल, सजावट बत्ती, साउण्ड सर्भिसमा ७ लाख ५१ हजार, स्टेशनरी खर्च २२ हजार, अतिथि खर्च ७० हजार, सरसफाई खर्च ६० हजार, प्रचार प्रसार खर्च ३५ हजार, भिडिओ ग्राफीमा ३५ हजार, पुरस्कारमा ४ लाख २८ हजार, बिजुली मिस्त्री १८ हजार, सूर्य मन्दिर कपडा सिलाई २ हजार ५ सय र चैती छठका लागि ७० हजार गरि कुल १५ लाख ४१ हजार ५ सय खर्च हुने अनुमान छ ।

सजावटसंगै सबैको सुरक्षामा भरपुर ध्यान दिइएको छ । व्रतालुहरुको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित अन्य स्वयमसेवक गरी करिब २ सय जना परिचालन गरिएको छठ पूजा व्यवस्थापन समितिको भनाइ छ ।
प्रत्यक्ष निगरानीसहित अन्य गतिविधिको निगरानीका लागि पनि छुट्टै सिसिटिभि जडान गरिएको छठ पूजा व्यवस्थापन समिति बताउँछ ।

समितिका सचिव कानुका अनुसार यो करिब २० वटा सिसिटिभि क्यामेरा जडान गर्ने लक्ष्य लिइएको छ । घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष दीपकुमार कानुको अध्यक्षतामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

ताजा खबर

लोकप्रिय

मानव अधिकार एवं कैदीबन्दी सरोकार मञ्च बाराको तदर्थ समिति गठन

मानव अधिकार एवं कैदीबन्दी सरोकार मञ्च नेपालको बारा जिल्ला तदर्थ समिति गठन भएको छ । मञ्चका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दामोदर शर्माको विशेष उपस्थितिमा परवानीपुरमा भएको

पुरा पढ्नुहोस >

बिश्रामपुर गाापाको १७ औ गाउँसभा सम्पन्न, ३२ करोड १० लाखको बजेट प्रस्तुत

बिश्रामपुर गााउँपालिकाको १७ औ गाउँसभा शनिबार सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा नै एक कार्यक्रमको आयोजना गरी आर्थिक बर्ष २०८२/०८३ को बजेट ३२ करोड १० लाख

पुरा पढ्नुहोस >

बगरमा गाडिएको अवस्थामा ११ सय किलो गाँजा फेला, प्रहरीद्वारा अनुसन्धान तीव्र

विराटनगर । सुनसरीमा खोलाको बगरमा गाडेर राखेको अवस्थामा प्रहरीले ११२० किलो गाँजा बरामद गरेको छ ।भारत तस्करीका लागि तस्करको समूहले सुनसरीको कटान खोलाको बगरमा गाडेर

पुरा पढ्नुहोस >