बाराको विश्रामपुरस्थति मुसहर्वा नाका हुँदै बढ्यो तस्करी, प्रहरीले नै दिन्छ संरक्षण

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2023-12-07 at 09.26.43_0d28ec60

बीरगंज । २१ – मंसिर// मधेश एक्सप्रेस

भारतसँग सिमा जोडिएको बाराका विभिन्न नाका हुँदै अवैध रुपमा हुने सामग्री ल्याउने कार्य अर्थात तस्करी बढ्दै गएको छ ।

बाराको विश्रामपुरस्थित मुसहर्व नजिकै रहेको बलिरामपुर प्रहरी चौकीका प्रमुखसँगको र बि.ओ.पी.बरैनिया को प्रमुख मिलोमतोमा तस्करी कारोबारीहरुको गिरोहले साइकल, मोटरसाइकल, ट्राक्टर र चार पाङ्ग्रे सवारीसाधनसमेतको प्रयोग गरेर विभिन्न सामग्रीहरु अवैध रुपमा नेपाल भित्र्याईरहेका छन् । 

तस्करहरुले बालिरामपुर चौकीका प्रमुख सई शिवजी प्रसाद यादव  र बि . ओ. पी. बरैनियाका  प्रमुख स.प्रहरी निरीक्षक दिपक थापा  आर्थिक प्रलोभनमा पारेर तस्करी गरिरहेको स्थानीयहरुको गुनासो छ । प्रहरीबाट छुट पाएपछि तस्करहरुले दैनिक सिमापारी भारतबाट काजु ,केराव , साडी, सर्टपाइन्टको कपडा, रेडिमेट लेडिज सुट, पारचुनका सामान, मोटरपार्टस, चिनी, चामल, दाललगायत दैनिक उपभोग्य सामग्री सहित हार्डवेयरका सामान, स्पेयर पार्टस, स्टिल र प्रतिबन्धित कुखुराको चल्ला, लागूऔषध सहितका सामानहरु सहजै नेपाल भित्र्याउने गरेको स्थानीय बताउँछन् । 

स्थानीय अनुसार तस्करहरुले रातीको समय मात्र नभएर दिउँसै अवैध रुपमा सामग्रीहरु नेपाल भित्र्याउने गरेका छन् । तस्करहरुले यसरी दिनदहाडै सामग्री लिएर आउँदासमेत प्रहरीले कुनै कारवाही नगरेको उनले बताए ।

स्थानीय प्रहरी इकाईका प्रमुखले तस्करहरुसँग आर्थीक लाभ लिएर पिकअप भ्यान, मिनी ट्रक, मोटरसाइकल, ट्राक्टर, साइकल एवं पैदल भरियाको माध्यमबाट राजस्व छलेर लाखौं मूल्यका बस्तुहरु दैनिक नेपाल भित्र्याउन दिएको स्थानीय बताए । सई शिवजी प्रसाद यादव र स. प्रहरी निरीक्षक दीपक थापा   तस्करहरुले लाखो मासिक रुपमै पैसा दिने गरेको समेत स्थानीयले आरोप लगाए ।

तस्करी मार्फत सामग्री नेपाल भित्रिँदा नेपाल सरकारले दैनिक लाखौँ रुपैयाँ राजश्व गुमाइरहेको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >