रौतहटमा हलो जोतिरहेका पुरुष र गोरुको करेन्ट लागेर मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_1702127361169

वीरगंज – २३ मंसिर// मधेश एक्सप्रेस

रौतहट । रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ७ लौकाहामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । 

शनिवार बिहान हलो जोतिरहेका स्थानीय बैजुलाल पण्डितको करेन्ट लागेर मृत्यु भएको हो । उनीसँगै करेन्ट लागेर एउटा गोरुको पनि मृत्यु भएको छ ।

लौकाहा गाउँ छेउको खेतमा हलो जोतिरहेका बेला खेतमै झरेको ११ हजार भोल्टको तारबाट बगेको करेन्ट लागेर पण्डित र गोरुको मृत्यु भएको प्रहरी इन्स्पेक्टर झलक शर्माले बताए ।    

घटनाको भएलगतै जिल्ला प्रहरी कार्यालय गौरबाट इन्स्पेक्टर शर्माको कमान्डमा पुगेका प्रहरी टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

विद्युतको पोलबाट नाङ्गो तार खेतमा कसरी र कुन बेला झरेको हो अहिले यकिन भैनसकेको शर्माले बताए । ’घटनाबारे विस्तृत अनुसन्धान गर्दैछौं, केही निष्कर्ष निस्किएपछि मात्र कारण थाहा हुन्छ’ उनले भने ।

अहिले घटनास्थलको मुचुल्का तथा मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाउने तयारी भइरहेको इन्स्पेक्टर शर्माले बताए । 

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >