हुम्लाका कांग्रेस उपसभापति रोकायाको घरमा आगलागी हुँदा लाखौँको क्षति

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
thumb (2)

बीरगंज – २७ मंसिर// मधेश एक्सप्रेस

 हुम्ला सदरमुकाम सिमकोट बजारमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । सिमकोट गाउँपालिका- ५ सिमकोट बजार नेपाल विद्युत् वितरण केन्द्रको कार्यालय नजिकै रहेको नेपाली कांग्रेस हुम्लाका उपसभापति वसन्त रोकायाको घरमा आगलागी भएको हो ।

मंगलबार बिहान ९ बजेर ४० मिनेटमा घरको दोस्रो तल्लामा रहेको भान्सामा जडान गरिएको सुधारिएको फलामे चुल्होमा बालिएको आगो चुलोको पाइपबाट दोस्रो तल्लाको छतमा रहेको काठको सिलिङमा भेटाएपछि आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

आगलागीबाट चार लाख रुपैयाँ नगदसहित लत्ताकपडा, गरगहना, फर्निचर, प्रिन्टर, लिउ-फेरुवा र गलैँचालगायत लाखौँ मूल्य बारबारको सामान जलेर नष्ट भएको हुम्ला प्रहरी प्रमुख डिएसपी रवीन्द्र खनालले जानकारी दिए ।

आगलागी भएको ३ घण्टा पछि स्थानीय बासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, र कर्मचारी सबैको सहयोगमा आगो नियन्त्रणमा लिएको लिएका हुन् । 

मंगबार बिहान अचानक भएको आगलागीमा उपसभापति रोकयाको ३ तले घरको माथिल्लो तला पूर्ण रूपमा नष्ट हुनुका साथै लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >