भारतको मध्य प्रदेशमा दुर्घटना : टिपरसँग ठोक्किँदा बसका १३ यात्रुको मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Accident_20220816184519

बीरगंज -१२ पुस // मधेश एक्सप्रेस

भारतको मध्य प्रदेशमा टिपरसँग ठोक्किँदा बसका १३ यात्रुको मृत्यु भएको छ। गुना जिल्लामा भएको घटनामा अन्य १४ यात्रु घाइते भएका छन्। 

गएराति तीव्र गतिमा गुडिरहेको बस टिपरसँग ठोक्किएपछि सडकमा बजारिएको थियो। त्यसपछि बसमा आगलागी हुँदा अधिकांशको जलेर मृत्यु भएको हो। घाइतेहरूको शरीरका अधिकांश भाग जलेको बताइएको छ।

बस पल्टिनासाथ आगलागी भएपछि उद्धारमा समस्या भएको प्रत्यक्षदर्शीले बताएका छन्।

यसैबीच​उत्तर प्रदेशमा बस सञ्चालनमा रोक लगाइएको छ । उत्तर प्रदेश राज्य सडक परिवहन निगमले बाक्लो हुस्सु र कुहिरोका कारण हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै यात्रु बस सञ्चालनमा रोक लगाएको हो । 

प्रदेश सरकारले हुस्सु र कुहिरोले असर नगरेकोबारे स्थानीय सरकारी अधिकारीलाई जानकारी दिएपछि बस चलाउन पाउने आदेश दिएको छ। साथै निगमले सडकको विपरीत दिशातर्फका पेट्रोल पम्प तथा भोजनगृहतर्फ लगेर बस रोक्नसमेत रोक लगाएको छ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >