सहकारीकाे सटर बन्दः बचतकर्ताको करोडौँ डुब्यो

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
सहकारीकाे-सटर-बन्दः-बचतकर्ताको-करोडौँ-डुब्यो

बीरगंज -१५ पुस

सहकारी संस्थाको करोडौं रकम ठगी गरेको आरोप लागेका गितेन्द्रबाबु (जीबी) राई समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको बचत रकम फिर्ता नगरी बन्द भएको छ। बचतकर्ताको करोडौं र १८ महिनादेखि घर भाडासमेत नतिरेर उक्त सहकारी बन्द भएको हो। नेपालगन्ज–सुर्खेत रोडस्थित वेस्टर्न बिजनेस ग्रुप प्रालिको बिल्डिङमा उक्त सहकारीको कार्यालय सञ्चालन गरिएको थियो। २०७६ सालदेखि नेपालगन्जमा कारोबार गरेको उक्त सहकारी जिल्लाकै राम्रो व्यवस्थापन भएको सहकारीका रूपमा चिनिन्थ्यो। बचतकर्ताको एक करोडभन्दा बढी बचत रकम फिर्ता नगरी उक्त सहकारी १६ महिनादेखि बन्द छ।
अहिलेसम्म जिल्ला प्रहरी कार्यालयमा ३२ जनाले समानता बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएका छन्। उनीहरूको एक करोड नौ लाख सात सय २४ रुपैयाँ बिगो रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जनाए।

गत चैत २३ गते उक्त सहकारीबाट ठगिएका २४ जनाले जिल्ला प्रहरी कार्यालयमा जोहरी दिएका थिए। सोही आधारमा समानता बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक जीबी राईसहित आठजनालाई पक्राउ पुर्जीसमेत जारी भएको छ। त्यसपछि उनीहरू फरार छन्। ‘उक्त सहकारीबाट को-को ठगिनुभएको छ भनेर हामीले सार्वजनिक सूचना निकालेका छौं’, उनले भने, ‘अहिले ३२ जना मात्र सम्पर्कमा आउनुभएको छ। यो संख्या बढ्छ र रकम पनि बढ्छ।’ यस विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ। साथै सहकारी १८ महिनादेखिको घर भाडासमेत नतिरेर सम्पर्कविहीन भएको छ। वेस्टर्न बिजिनेस ग्रुप प्रालिको दोस्रो तल्लाको पश्चिमतर्फबाट चार हजार चार सय वर्गफिट क्षेत्र सहकारीले २०७६ साउन १ देखि भाडामा लिएको थियो। १० वर्ष अवधि रहने गरी भाडा सम्झौता भएको थियो।

सहकारीले बहालमा लिएको क्षेत्रफलको मासिक प्रतिवर्ग फुट ५५ रुपैयाँका दरले भाडा तिर्ने सम्झौता पत्रमा उल्लेख छ। प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुने भनिएको थियो। लिखितम्मा वेस्टर्न बिजिनेस ग्रुप प्रालि नेपालगन्जको तर्फ अख्तियार प्राप्त कम्पनी सचिव मेहरसिंह खत्री र समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगन्जको तर्फबाट अख्तियार प्राप्त सागर केसीले घर भाडा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। ‘सम्झौताबमोजिम बहालमा रहेको अवधिभित्र एक पक्षले अर्को पक्षलाई छाड्न वा छोडाउनुपरेमा एकअर्काले अग्रिम ६ महिनाको सूचना दिनुपर्ने छ’, सम्झौतापत्रमा भनिएको छ, ‘तर दोस्रो पक्षले यस शर्तमा उल्लिखित बहाल उपलब्ध नगराएमा वा दोस्रो पक्षको कारणबाट भएको क्षतिको पुनर्निर्माण नगरेमा वा हानिनोक्सानीको क्षतिपूर्ति नदिएमा दोस्रो पक्षलाई हटाउन कुनै सूचनाको आवश्यकता पर्ने छैन।’ सम्झौतापत्रमा ६ महिनाअघि नै सूचना दिनुपर्ने उल्लेख भए पनि सहकारी कुनै सूचना नगरी बन्द भएको छ। १८ महिनादेखि समानता बचत तथा ऋण सहकारी संस्थाले भाडा नदिएको वेस्टर्न बिजिनेस ग्रुप प्रालिले जनाएको छ। दुई महिनासम्मको भाडा नतिरेर उक्त सहकारी सञ्चालनमा थियो। सहकारीले ठगी गर्न थालेको थाहा पाएपछि बचतकर्ताहरू दैनिकरूपमा सहकारी धाउन थाले। पैसा फिर्ता गर्न बचतकर्ताले दिएको दबाबपछि सहकारीको कार्यालय ताला लगाएर बन्द भयो।

‘सहकारी बन्द भएपछि ६ महिनासम्म सञ्चालक सम्पर्कमा थिए’, वेस्टर्न बिजिनेस ग्रुप प्रालिका एकजना सञ्चालकले भने, ‘त्यसपछि उनीहरू पूर्णरूपमा सम्पर्कविहीन भए। हामी भाडाका लागि काठमाडौंसमेत पुग्यौं। त्यहाँका कुरा सुन्यांै। भाडा पाउने कुनै सम्भावना नभएपछि रित्तो हात फिर्ता भयौं।’ अहिले सहकारीको कार्यालयमा वडा कार्यालयले प्रहरीको रोहबरमा ताला लगाएको छ। घर भाडासँगै विद्युत् महसुलसमेत सहकारीले नतिर्दा आफूहरूले तिर्नुपरेको उनको भनाइ छ।

ताजा खबर

लोकप्रिय

लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउ

वीरगन्ज लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउविशेष सूचनाको आधारमा मिति २०८२/०९/०९ गते अन्दाजी १४:१५ बजेको समयमा जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका

पुरा पढ्नुहोस >

पर्सामा जन अधिकार पार्टीको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

वीरगंज, ९ पुस । पर्सा जिल्लामा जन अधिकार पार्टीले आफ्नो सांगठनिक विस्तारलाई तीव्र पारेको छ। आज पर्सामा आयोजित एक विशेष ‘नेता कार्यकर्ता भेटघाट तथा पार्टी

पुरा पढ्नुहोस >

जेन्जी आन्दोलनको क्रममा केन्द्रिय कारागार कार्यालय काठमाण्डौबाट फरार दुई जना कैदी पर्साबाट पक्राउ

पर्सा । पर्सा प्रहरीले जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले गत भदौ २३ र २४

पुरा पढ्नुहोस >