जापानको भूकम्पमा परी १३ जनाको मृत्यु, शक्तिशाली आँधीको खतरा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Japan_JWRqIcNZOd

बीरगंज – १७ पुस :

 जापानमा गएको शक्तिशाली भूकम्पपछिको आँधीको जोखिम टरेको छ। सोमबार दिउँसो इशिकावा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ दशमलब ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। 

त्यसलगत्तै जापानको मौसम विज्ञान एजेन्सीले शक्तिशाली सामुद्रिक आँधीको चेतावनी जारी गरेको थियो। इशिकावाको तटीय क्षेत्रमा ५ मिटर अग्लो सामुद्रिक लहर आउन सक्ने चेतावनी जारी गरेपछि आसपासका हजारौँ मानिसलाई अन्यत्र सारिएको थियो। तर, शक्तशाली सुनामी नआएपछि चेतावनी फिर्ता लिइएको छ। 

यसैबीच भूकम्पपछि भत्किएका घरमा उद्धार र राहतको काम जारी छ। बीबीसीका अनुसार अहिलेसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको छ। अझै केही व्यक्ति हराइरहेको आशंका छ। ७ दशमलब ६ म्याग्नेच्युडको शक्तिशाली भूकम्पपछि अहिलेसम्म ४२ भन्दा बढी ठूला पराकम्प गइसकेका छन्। 

जापानमा सन् २०११ मार्च ११ मा हालसम्मकै शक्तिशाली भूकम्प गएको थियो। ९ म्याग्निच्युडको उक्त भूकम्पपछि आएको शक्तिशाली आँधीका कारण १८ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो

ताजा खबर

लोकप्रिय

लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउ

वीरगन्ज लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउविशेष सूचनाको आधारमा मिति २०८२/०९/०९ गते अन्दाजी १४:१५ बजेको समयमा जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका

पुरा पढ्नुहोस >

पर्सामा जन अधिकार पार्टीको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

वीरगंज, ९ पुस । पर्सा जिल्लामा जन अधिकार पार्टीले आफ्नो सांगठनिक विस्तारलाई तीव्र पारेको छ। आज पर्सामा आयोजित एक विशेष ‘नेता कार्यकर्ता भेटघाट तथा पार्टी

पुरा पढ्नुहोस >

जेन्जी आन्दोलनको क्रममा केन्द्रिय कारागार कार्यालय काठमाण्डौबाट फरार दुई जना कैदी पर्साबाट पक्राउ

पर्सा । पर्सा प्रहरीले जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले गत भदौ २३ र २४

पुरा पढ्नुहोस >