मानव बेचबिखनको आरोपमा तीन पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
pakraw-pokhara2024-01-07-08-28-40

बीरगंज – २२ पुस मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले पोखराबाट तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले एक बालिका र दुई महिलाको उद्धारसमेत गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका– ९ पृथ्वीचोकका २९ वर्षीय प्रवीन गुरुङ, पोखरा– १७ बिरौटाका २६ वर्षीय ‍राजेश ठकुरी र पर्वतका ३ वर्षीय निर्मल मल्ल छन् ।

पोखरा– ८ जाल्पारोडस्थित काभ्रेली खाजाघरका सञ्चालकले बालिका तथा महिलाहरूलाई होटेलमा राम्रो काम लगाइदिन्छु भनी ल्याएर सुरुमा होटेलको सरसफाइको काम लगाइदिएका थिए ।

केही समयपछि बालिका तथा महिलालाई राम्रो कमाइ हुन्छ भनी विभिन्न लोभलालच, प्रलोभनमा पारी परपुरुषहरूसँग भेट गराई पोखराका विभिन्न होटेलमा लगी यौनशोषण गराउँदै आइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

प्रहरीले बिहीबार राति सोही खाजाघरबाट एक बालिका र दुई महिलालाई बाहिर लैजान लागेको अवस्थामा उद्धार गरी ल्याएको उनले बताए । पक्राउ परेका उनीहरूविरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

ताजा खबर

लोकप्रिय

लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउ

वीरगन्ज लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउविशेष सूचनाको आधारमा मिति २०८२/०९/०९ गते अन्दाजी १४:१५ बजेको समयमा जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका

पुरा पढ्नुहोस >

पर्सामा जन अधिकार पार्टीको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

वीरगंज, ९ पुस । पर्सा जिल्लामा जन अधिकार पार्टीले आफ्नो सांगठनिक विस्तारलाई तीव्र पारेको छ। आज पर्सामा आयोजित एक विशेष ‘नेता कार्यकर्ता भेटघाट तथा पार्टी

पुरा पढ्नुहोस >

जेन्जी आन्दोलनको क्रममा केन्द्रिय कारागार कार्यालय काठमाण्डौबाट फरार दुई जना कैदी पर्साबाट पक्राउ

पर्सा । पर्सा प्रहरीले जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले गत भदौ २३ र २४

पुरा पढ्नुहोस >