पूर्वडीआईजी महेशलाई तीन वर्ष कैद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
mahesh-bikram-shah-1703688925-768x512-1

बीरगंज – २७ पुस ।

विशेष अदालतले भष्ट्राचारको मुद्दामा नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) तथा चर्चित लेखक महेशविक्रम शाहलाई तीन वर्ष कैद सजाय भएको छ। विशेष अदालतले बुधबार कैद सजाय निर्धारण गरेको हो । शाहलाई बिगो र बिगोबमोजिम जरिवाना पनि भएको छ । १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो ।
विशेष अदालतले शाहसँगै भ्रष्टाचार मुद्दा लागेका पूर्व सई दीपेन्द्र प्रसाद पनेरुलाई पनि शाहलाई बराबर कैद, बिगो र जरिवानाको फैसला गरेको छ ।

आरोप लागेका प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव बिशुंखेलाई भने विशेष अदालतले सफाइ दिएको छ ।मदन पुरस्कार विजेतासमेत रहेका शाह मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा रासनमा ३३ लाख ३८ हजार रूपैयाँ अनियमितता गरेको आरोप लागेको थियो।उनीहरुमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले चार आरोपितमध्ये दुई जनालाई दोषी ठहर गरेको हो ।अख्तियारले २०७६ फागुन २० मा सिन्धुली दुधौलीका समादेशक शाह सहित लेखापाल दीपेन्द्र प्रसाद पनेरु, लेखा सहायक केशव सिंह ऐर लगायतमाथि मुद्दा दायर गरेको थियो । भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानका नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको अख्तियारको दावी थियो ।

२०७२ साल वैशाख २७ गते प्रहरी जवानहरुको भर्ना खोलिएको थियो । पुसको अन्तिम साता तालिम सकिएर माघदेखि तोकिएकै ठाउँबाट तलब भत्ता खानेगरी उनीहरुको पदस्थापना भएको थियो । तर शाह लगायतका अधिकारीहरुले २०७२ साल माघ र फागुनको तलब भत्ता खर्च लिएर भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो ।२०४६ माघमा प्रहरी सेवामा प्रवेश गरेका शाहले ३० वर्षे सेवा अवधिका कारण आरोप लाग्नुभन्दा एक महिनाअघि अवकाश पाएका थिए । उनीहरूमाथि भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानको नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको अभियोग लागेको थियो।

ताजा खबर

लोकप्रिय

लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउ

वीरगन्ज लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउविशेष सूचनाको आधारमा मिति २०८२/०९/०९ गते अन्दाजी १४:१५ बजेको समयमा जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका

पुरा पढ्नुहोस >

पर्सामा जन अधिकार पार्टीको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

वीरगंज, ९ पुस । पर्सा जिल्लामा जन अधिकार पार्टीले आफ्नो सांगठनिक विस्तारलाई तीव्र पारेको छ। आज पर्सामा आयोजित एक विशेष ‘नेता कार्यकर्ता भेटघाट तथा पार्टी

पुरा पढ्नुहोस >

जेन्जी आन्दोलनको क्रममा केन्द्रिय कारागार कार्यालय काठमाण्डौबाट फरार दुई जना कैदी पर्साबाट पक्राउ

पर्सा । पर्सा प्रहरीले जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले गत भदौ २३ र २४

पुरा पढ्नुहोस >