भारतीय सुटरलाई छुटाई दिन्छु भन्दै १६ लाख रुपैयाँ माग्ने एक युवक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20240115_071828921-960x540

बीरगंज – १ माध । बाराको कलैयामा झन्डै साढे दुई महिना अगाडि बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका भारतीय सुटरलाई छुटाई दिन्छु भनेर १६ लाख रुपैयाँ माग्ने एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ।पक्राउ पर्नेमा बाराकै महागढीमाई नगरपालिका वडा नम्बर १ का २३ वर्षिय श्यामबाबु साह रहेका छन्।उनलाई प्रहरीले शनिबार पक्राउ गरिएको बाराका उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।प्रहरी उपरीक्षक काफ्लेका अनुसार, साहले शिक्षक स्वर्णकारकाे हत्या आराेपमा पक्राउ परी कारागार चलानसमेत भईसकेका सुजितलाई अदालत र प्रहरीलाई मिलाएर छुटाई दिन्छु भनेर सुजितका बुबा जयमंगल सिंहसंग १६ लाख (भारु१० लाख) रुपैयाँ मागेका थिए ।त्यसमध्ये साहले जयमंगलसंग १ लाख ९२ हजार (भारु १ लाख २० हजार) रुपैयाँ लिइसकेका थिए ।जयमंगलले नै दिएकाे जाहेरी दरखास्तकाे आधारमा साहलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।पक्राउ गरिएका साहलाई ठगी तथा अपराधिक कृयाकलाप मुद्दामा बारा जिल्ला अदालतबाट पाँच दिनकाे म्याद थप गरी थप अनुसन्धान भइरहेकाे काफ्लेले जानकारी दिए।शिक्षक स्वर्णकारको गाेली हानी हत्या गर्ने समूहका मुख्य नाइकेका रूपमा रहेका सुजित सिंहलाई पुष १० गते भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट उनकाे खुट्टामा गाेली हानेर पक्राउ गरेकाे थियाे ।स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका स्वर्णकारकी प्रेमिका राधा गुप्ता र सुटर सिंहसहित सात जनालाई बारा जिल्ला अदालतले पुष २५ गते नै पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएकाे थियाे ।स्वर्णकार हत्या प्रकरणमा अदालतमा कुल ११ जनाविरुद्ध पुस १६ गते कर्तव्य ज्यान, संगठित अपराध तथा हातहतियार खरखजाना मुद्दा दर्ता भएको थियो।पुस १७ गतेदेखि लगातार पेसीको क्रममा अदालतले पुष २५ गते सात जनालाई जेल चलान गर्ने आदेश दिएको हो।हत्यामा संलग्नमध्येका भारत बिहारका मनोज गुप्ता, चञ्चल पाण्डे, रौतहटको मौलापुर नगरपालिका बस्ने विनोद राय यादव र विशालकुमार यादव भने अझै पक्राउ पर्न सकेका छैनन्।यी चार जना अनुसन्धानकै क्रमदेखि हालसम्म फरार रहँदै आएका छन्।गत कात्तिक १३ गते कलैयामा दिउँसै गोली प्रहार गरी रुपेश स्वर्णकारको भारतीय सुटरहरुले हत्या गरी फरार भएका थिए।त्यही दिन प्रहरीले उनकी प्रेमिका भनिएकी राधासहित केहीलाई पक्राउ गरेको थियो। तर, मुख्य सुटर भनिएका भारत निवासी सुजित सिंह, चञ्चल पाण्डेसहित चार जना फरार भएका थिए।

ताजा खबर

लोकप्रिय

लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउ

वीरगन्ज लागुऔषध गाँजा जस्तो देखिने पदार्थ, मोटरसाइकल र एक जना व्यक्ति पक्राउविशेष सूचनाको आधारमा मिति २०८२/०९/०९ गते अन्दाजी १४:१५ बजेको समयमा जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका

पुरा पढ्नुहोस >

पर्सामा जन अधिकार पार्टीको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

वीरगंज, ९ पुस । पर्सा जिल्लामा जन अधिकार पार्टीले आफ्नो सांगठनिक विस्तारलाई तीव्र पारेको छ। आज पर्सामा आयोजित एक विशेष ‘नेता कार्यकर्ता भेटघाट तथा पार्टी

पुरा पढ्नुहोस >

जेन्जी आन्दोलनको क्रममा केन्द्रिय कारागार कार्यालय काठमाण्डौबाट फरार दुई जना कैदी पर्साबाट पक्राउ

पर्सा । पर्सा प्रहरीले जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले गत भदौ २३ र २४

पुरा पढ्नुहोस >