पर्साको प्रसौनीमा शिक्षक कृष्ण पासवान माथी रड प्रहार

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_1705482764073

वीरगञ्ज । पर्साको प्रसौनीमा एक जना शिक्षक माथी रड प्रहार भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ प्रसौनी निवासी वीरगञ्ज कलेजका शिक्षक कृष्ण पासवान माथी रड प्रहार भएको हो ।

बाटोको बिषयमा दुई पक्ष बिच बिवाद हुँदा सम्झाउन पुगेका पासवनमाथी स्थानिय दिनानाथ तत्वाको छोरी गिता कुमारीले तत्वाले पछाडीबाट रड प्रहार गरेको स्थानियहरुले बताएका छन् ।

पासवानले आफु झण्डामा सहभागी नभएको भएपनि पुरानो रिसवीका कारण हत्या गर्ने उदेश्यका साथ रड प्रहार भएको बताए । उनले दलित भएकै कारण स्थानिय नेताहरुको उस्काहटमा बिगत लामो समयदेखि दलित वस्तीले बाटो नपाएको र पटक पटक बिवाद हुँदै आएको बताए । सोहि बिषयमा आज पनि बिवाद भएको पासवानले बताए ।

रड प्रहारबाट पासवानको टाउँकामा गम्भीर छोट लागेको र उनको वीरगञ्जको नारायणी अस्पातलमा उपचार भइरहेको उनीसँगै अस्पतालमा रहेको शिक्षक रुदल ठाकुरले बताए । अहिले उनी सकुश रहेको र टाउँकोमा ५ वटा टाका लागेको ठाकुरले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमारबिक्रम थापाले घटनाको बिषयमा आफुहरुलाई जानकारी नआएको भएपनि घटना बारे जानकारी लिने तथा दोषीहरुलाई कानुनी कारवाही दायरामा ल्याउँने बताए

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >