पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपात

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
a'waf/ /fltaf6 x'Dnfdf lxdkft k/]/ oxfFsf]  hghLjg c:tJo:t ePsf] 5 . lxdkft ;Fu} lr;f] a9b} uPsfn] :s'ndf kl/Iff lbg] ljBfyL{nfO{ ;d]t ;d:of ePsf] 5 .  t:jL/Mbfg] af]x/f, x'Dnf /f;;

बीरगंज – ३ माघ – पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी परेको छ । पश्चिमी वायुको प्रभावले हिजो केही ठाउँमा हल्का पानी परेको र आज पनि पहाडी भेगका केही ठाउँमा पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिउँदमा ढिलै भए पनि फाट्टफुट्ट पानी परेपछि अब पानी पर्ने सम्भावना बढेको भन्दै किसान हर्षित भएका छन् । उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातसमेत भएको छ । महाशाखाका अनुसार काठमाण्डौ उपत्यकाको भक्तपुर आसपास, दोलखा, सिन्धुपाल्चोक र ताप्लेजुङलगायत क्षेत्रमा छिटफुट पानी परेको छ ।

आज पनि केही ठाँउमा छिटफुट मात्र पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार दोलखाको कालिञ्चोक, सोलुुको लुक्ला, ताप्लेजुङ लगायतका उच्च पहाडी भेगमा हिमपात भएको छ ।

कालिञ्चोक क्षेत्रमा यो वर्ष पहिलोपटक हिमपात भएको हो । कालिञ्चोकको कुरी, मन्दिर रहेको टापु, गणेश थुम्का, गैरीलगायत ठाउँमा हिमपात भएको छ । भोलिसम्म मौसम बदली हुने र केही ठाउँमा हल्का वर्षासँगै हिमपात हुने मौसमविदले बताएका छन् ।मौसमविदका अनुसार देशैभरको मौसम आंशिक बदली हुने र तराईमा हुस्सु र कुहिरो लाग्नाले चिसो अझै बढ्नेछ । यसपालिको हिउँद सकिन लाग्दा समेत हिमपात र हिउँदे वर्षा राम्रोसँग हुन सकेको छैन। गएका वर्षमा मङ्सिरमै हिमपात हुने गरेकोमा यसपालि माघको पहिलो हप्ता लागिसक्दा बल्ल केही ठाउँमा फाट्टफुट्ट वर्षा र हिमपात भएको हो ।समयमै हिउँदे वर्षा र हिमपात नहुँदा हिमाली तथा उच्च पहाडी क्षेत्रमा अन्नबालीमा असर पर्न थालेको छ भने हिमालहरू कलापत्थरमा परिणत हुँदै गएका छन् ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >