वीरगञ्ज । पर्साको प्रसौनीमा एक जना शिक्षक माथी रड प्रहार भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ प्रसौनी निवासी वीरगञ्ज कलेजका शिक्षक कृष्ण पासवान माथी रड प्रहार भएको हो ।
बाटोको बिषयमा दुई पक्ष बिच बिवाद हुँदा सम्झाउन पुगेका पासवनमाथी स्थानिय दिनानाथ तत्वाको छोरी गिता कुमारीले तत्वाले पछाडीबाट रड प्रहार गरेको स्थानियहरुले बताएका छन् ।
पासवानले आफु झण्डामा सहभागी नभएको भएपनि पुरानो रिसवीका कारण हत्या गर्ने उदेश्यका साथ रड प्रहार भएको बताए । उनले दलित भएकै कारण स्थानिय नेताहरुको उस्काहटमा बिगत लामो समयदेखि दलित वस्तीले बाटो नपाएको र पटक पटक बिवाद हुँदै आएको बताए । सोहि बिषयमा आज पनि बिवाद भएको पासवानले बताए ।
रड प्रहारबाट पासवानको टाउँकामा गम्भीर छोट लागेको र उनको वीरगञ्जको नारायणी अस्पातलमा उपचार भइरहेको उनीसँगै अस्पतालमा रहेको शिक्षक रुदल ठाकुरले बताए । अहिले उनी सकुश रहेको र टाउँकोमा ५ वटा टाका लागेको ठाकुरले बताए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमारबिक्रम थापाले घटनाको बिषयमा आफुहरुलाई जानकारी नआएको भएपनि घटना बारे जानकारी लिने तथा दोषीहरुलाई कानुनी कारवाही दायरामा ल्याउँने बताए


