लागू औषध सहित रिक्सा चालक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240117-171511_Facebook

वीरगन्ज । वीरगन्जमा प्रहरीले ठुलो परिमाणमा नेपालमा प्रतिबन्धित लागू औषध सहित एक जना रिक्सा चालकलाई पक्राउ गरेको छ ।लागू ओैषधसहित पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने वर्ष ५० वर्षिय बब्लुलाल कर्ण रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर पानीटंकीस्थित सडक चेकजाँच गर्ने क्रममा रिक्सामा पहेलो रंगको झोलामा लुकाई छिपाई राखिएको लागु औषध नुरफिन ५ सय एम्पुल, फेनारगन ५ सय एम्पुल र डाइजेल्याब ५ सय एम्पुल गरी  १५ सय एम्पुल लागू ओैषध फेला परेपछि उक्त रिक्साका चालक कर्णलाई  जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए। लागु औषध सहित पक्राउ परेका कर्णलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भईरहेको थापाले बताए  ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >