पूर्वप्रेमीको ढोकामा युवतीले गरिन् बम आक्रमण

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Boom-bisphot

प्रेमीप्रेमिका वा लोग्नेस्वास्नीबीच कसैले धोका दिंदा अर्को पक्ष दुःखित हुने वा बदला लिने गर्नु स्वभाविकै हो ।

कतिपयले बदलास्वरुप सोसल मिडियामा अभद्र तथा अपमानजनक कुराहरुको सहारा पनि लिने गर्दछन् भने कोही साइबर हमला वा ह्याकिङमा उत्रिएर गोपनीयता भंग गरिदिनेसम्मका कार्य गर्छन् ।

केही मानिस चाहिं रिस थाम्न नसकी भौतिक आक्रमणमै उत्रिन्छन् । एक बेलायती महिलाले रिसको हद पार गर्दै आफ्ना भूतपूर्व प्रेमीमाथि खतरनाक आक्रमण गरेकी छिन् ।

इंगल्याण्डको नर्थह्याम्पटनमा बस्ने ३९ वर्षीया लरेन मेरी टेलबोटले गएको जुन १८ मा बेलुकी करिब ८ बजे आफ्ना पूर्वप्रेमी बस्ने फ्लाट बाहिर डिओडोरेन्ट बम पड्काइदिएकी छिन् ।

उक्त विस्फोटन यति भयानक थियो कि आगाको ठूलो गोला नै देखिएको थियो । विस्फोटनबाट घरका दुईवटा ढोका निस्किएका छन् भने गाह्रो भत्किनुका साथै कार्पेट जलेको छ ।

नर्थेन्ट्स प्रहरीका अनुसार जब अग्नी नियन्त्रण टोली घटनास्थलमा पुग्दा त्यहाँको भित्तामा लेखिएको थियो- यो फ्लाट नर्कमा जल्नेछ ।

संयोगवश ती महिलाका भूतपूर्व प्रेमी त्यसबेला घरमा नरहेकोले उनी बाँचे । तर लरेनले भने पूर्वप्रेमी घरभित्रै रहेको अपेक्षामा बम आक्रमण गरेकी थिइन् ।

प्रहरीले उनलाई तत्कालै पक्राउ गर्‍यो र अनुसन्धानपछि उनीमाथि हत्याको मनसायले बम विस्फोटन गराएको अभियोगमा मुद्दा दायर गर्‍यो । यही जनवरी १६ मा अदालतले लरेनलाई ६ वर्षको जेल सजाय सुनाएको छ । यद्यपि विस्फोटनअघि ती दुईबीच के कुरामा विवाद थियो भन्नेचाहिं खुलेको छैन ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >