बेनीमा ग्याङफाइट: खुकुरी प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Beni_Murder

बीरगंज -१२ माघ | म्याग्दीको बेनीमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिहीबार साँझ बेनी नगरपालिका- ८ क्याम्पसचोकमा अन्धाधुन्ध धारिलो हतियार प्रहारबाट रघुगंगा गाउँपालिका- १ बेगका घर भई हाल बेनी नगरपालिका- ८ पिपलचोक बस्ने २१ वर्षीय सुशिल गर्वुजाको मृत्यु भएको हो ।

धारिलो हतियार प्रहारबाट उनी गम्भीर घाइते भएका थिए । घाइते सुशिलको जिल्ला अस्पताल बेनीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख डिएसपी मदन कुवँरले बताए ।

मृतकका साथी बेनी नगरपालिका- ६ अथुङ्गेका अनुराग शाहीको हातमा चोट लागेको छ ।

सदरमुकाम बेनीमा जारी प्रथम म्याग्दी कप भलिबलको खेल हेरेर फर्किएको टोलीलाई अर्को समूहले आक्रमण गरेको हो ।
‘घटनामा संग्लनको पहिचान भइसकेको छ । उनीहरुको खोजिमा लागेका छौँ । छिट्टै पक्राउ गरेर सत्यतथ्य बाहिर ल्याउँछौँ’, डिएसपी कुवँरले भने ।

मृतक युवासहितको समूह सवार मोटरसाइकललाई अर्को समूहले घेरेर प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >