सुत्केरीको मृत्यु भएपछि शव अस्पतालको गेटमा राखेर आफन्तको प्रदर्शन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
hut87ty87

बीरगंज – १२ माघ : सिरहा मिर्चैया सहकारी अस्पतालमा चिकित्सकको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भएको पीडित परिवारले आरोप लगाएका छन्। मिर्चैया नगरपालिका–५ की २६ वर्षीया अल्का साहले अस्पतालको लापरबाहीले अकालमै ज्यान गुमाएको आफन्तको भनाइ छ।

परिवारजनले ब्यथा लागर बुधबार साँझ उनलाई अस्पताल लगेका थिए। अस्पताल लगिएपछि बिहीबार बिहान ५ः४५ बजे सुत्केरी पनि भयो। अल्काले छोराको जन्म दिएकी छिन्। तर, अल्काको स्वस्थ्य अवस्था भने बिग्रदै गयो। अत्यधिक रक्तस्राव सुरु भएपछि चिकित्सकलाई जानकारी गराउँदा पनि वास्ता नगरेको मृतकका पति इन्द्रजित साहको भनाई छ।अन्तिम अवस्थामा भएपछि बिहान पौने ९ बजेतिर मात्रै रिफर गरेको र बिराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अल्काका श्रीमान्‌ले जनाएका छन्।
चिकित्सकको लापरबाहीले ज्यान गएको भन्दै शव अस्पतालको गेट बाहिर राखेर आफन्तजन आन्दोलित बनेका छन्। घटनामा संलग्नहरूलाई कारवाही र उचित क्षतिपूर्ति दिनुपर्ने माग परिवारजनको छ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >