१६ वर्षपछि पक्राउ परेका आरोपीले भने : कसैले त्यस्तो काम गर्नु हुँदैन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
jhguytg87

बीरगंज – १२ माघ। उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले प्रहरी हिरासतबाट अभियुक्तलाई भगाउने एक आरोपीलाई भारतको कोलकाताबाट पक्राउ गरेर ल्यायो । शुक्रबार मिनभवनमा पत्रकार सम्मेलन गरेर एसएसपी सोमेन्द्रसिंह राठौरले ११ माघमा पूर्वप्रहरी जवान समेत रहेका विरवल राय यादवलाई पक्राउ गरिएको सुनाए । सेवामा रहेकै बेला उनले २०६४ सालमा लागूऔषध मुद्दामा हिरासतमा रहेका एक भारतीय नागरिकलाई भगाएका थिए । त्यसपछि आफू पनि भागेका थिए । १६ वर्षपछि प्रहरीले पक्राउ गरेर ल्याएपछि गरिएको पत्रकार सम्मेलनमा आफूलाई सार्वजनिक गर्दा यादव आफैं बोल्न अघि सरे, ‘.. १६ सालपछि सरले समातेर ल्याएको हो, अहिले जसले पनि गल्ती गर्‍यो भने नेपाल पुलिसले नछाड्ने रहेछ ।’

उनले आफूलाई प्रहरीले यत्तिका वर्षपछि समात्ला भन्ने नलागेको बताए । ‘प्रहरीले जहाँदेखि पनि ल्याउन सक्छ, त्यसैले कसैले यस्तो काम गर्नु हुँदैन’, उनले बोल्दा बोल्दै प्रहरी अधिकृतहरुले उनलाई बाहिर निकाले । एसएसपी राठौरका अनुसार, महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका भारतको रक्सौल घर भएका ३९ वर्षीय असरफ आलमलाई उनले २०६४ सालमा भगाएका थिए ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >