३७ लाख बराबरको सामान सहित ट्रक प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG_20240126_085656-860x485

बीरगंज – १२ माघ बारा प्रहरीले ३७ लाख बराबरको सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत समेत प्रहरी ईकाइ कार्यालयबाट खटिएको प्रहरी टोलीले ट्रकलाई रोकी जाँचगर्ने क्रममा विल भरपाई नभएको स्रोत खुलाउन नसकेको अन्दाजी मूल्य ३७ लाख ७१ हजार एक सय ६१ रूपैयाँ बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिइएको हो ।

ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाट खटिएको प्रहरी टोलिले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगञ्जमा रौतहट बाट काठमाण्डौ तर्फ जादै गरेको प्र.०३–०३–००१ख ००८४ न.को यात्रु बाहक बसबाट घडी ३२५ वटा,अन्दाजी मूल्य ६५ हजार र एयर फोन ९० वटा अन्दाजी मूल्य एक लाख ३५ हजार रुपैयाको विल नभएको प्रहरीले सामान बरामद गरेको छ ।

त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोकमा रुपन्देहीबाट लाहान–सिराहा तर्फ जादै गरेको लु १ क २८८८ नं. को मिनि ट्रक बाट १३ हजार तीन सय १० पोका सूर्ति गुट्खा र पुकार गरी अन्दाजी मूल्य ३० लाख एक हजार एक सय ६१ रुपैयाँ बराबरको विल नभएको मिनि ट्रकलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी प्रहरीले रौतहटबाट मकवानपुर तर्फ जादै गरेको ना ३ ख ११४३ नं. को ट्रकबाट चार सय बोरा चामल अन्दाजी मूल्य पाँच लाख ७० हजार रुपैयाँ बराबरको विल नभएको ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

सामान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैयामा बुझाइएको बाराका प्रहरी प्रवक्ता न्यौपानेले बताए 

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >