काठमाडौं नयाँबानेश्वरको सडकमा गुड्दागुड्दै भासियो बस

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
421969933_806965548136195_6699566818206710691_n

बीरगंज – १२ माघ,। काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो ।

सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए । नजिकै रहेका ट्राफिक प्रहरीहरु आएर बसलाई त्यहाँबाट हटाउन समन्वय गरिरहेका छन् ।

आठ लेन फराकिलो उक्त सडकका दुवैतर्फ २.५ मिटर फुटपाथ र २.५ मिटरकै साइकल लेन छ । दुवैतर्फ चार लेन सडकपछि दुई–दुई मिटरको हरियो बगैंचा निर्माण गरिएको छ ।

त्यतिबेला यो सडकले देशकै फराकिलो र सुन्दर सडकको रुपमा चर्चा पाएको थियो । निर्माण सम्पन्न भएको एक वर्षमै सडकका बिभिन्न ठाउँमा खाल्डाखुल्डी परेपछि यसको गुणस्तरमा प्रश्न उठेको थियो ।

अहिले पनि हरेक वर्ष वर्षायाममा नयाँबानेश्वर चोकमै पानी जम्ने गरेको छ ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >