लिफ्टबाट खसेर पोखरामा इञ्जिनियरको मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1688201117-ztolS

बन्दै गरेको घरमा सर्वे गरिरहेको अवस्थामा लिफ्टबाट खस्दा पोखरामा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले वडा प्रहरी कार्यालय बैदामलाई उल्लेख गर्दै मङ्गलबार दिउँसो एक बजेको समयमा घटना भएको बताए।

मृत्यु हुनेमा कास्कीकै पोखरा महानगरपालिका–८ रत्न चोक बस्ने ३७ वर्षीय प्रवीण भट्टराई रहेका छन्। उनी पोखराकै न्युरोडमा रहेको मुक्ति ईनर्जी प्रा.लि.का इन्जिनियर हुन्।

पोखरा महानगरपालिका–६ खहरे चोकस्थित चिनीमाया भण्डारीको बन्दै गरेको निर्माणाधीन घरको तातो पानीको सर्वे गर्ने क्रममा भट्टराई ५ औँ तलाको लिफ्टबाट अचानक खसेका थिए।

सख्त घाइते भएका उनलाई उपचारको  लागि तत्कालै गण्डकी मेडिकल कलेजमा लगिएकोमा उपचारको क्रममा दिउँसो साढे दुई बजेको समयमा मृत्यु भएको हो।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >