४२ लाख ४४ हजार मूल्य बराबरको खुद्रा समानसहित ट्रक नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240130-132329_1

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय बाराले साढे ४२ लाख मूल्य बराबरको खुद्रा समानसहित ट्रक नियन्त्रणमा लिएको छ । मंगलबार विशेष सूचनाको आधारमा प्रहरीले चलाएको जाँच अभियान अन्तर्गत जिल्लाको पथलैयाबाट ट्रकसहित खुद्रा समान बरामद गरेको हो ।
वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३५५९ नम्बरको ट्रकबाट विल बिजकभन्दा बढी लोड रहेको खुद्रा समान पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेको ट्रकसहित खुद्रा समान कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ । प्रहरीले ट्रकबाट ४० लाख ४४ हजार ७२७ रुपैयाँ बराबरको समान नियन्त्रणमा लिएको उल्लेख गरेको छ । यसैगरी प्रहरीले जिल्लाको आदर्शकोतवाल गाउँपालिकाबाट २ लाख मूल्य बराबरको बिल नभएको गुट्खा र चुरोट समेत नियन्त्रणमा लिएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >