हेलम्बु दुर्घटनाका घाइते र मृतकलाई हेलिकप्टरमा काठमाडौं ल्याइयो

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
helambu-accident-1706696403

बीरगंज – बुधबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित दोरिङ भिरमा जिप दुर्घटना हुँदा मृतु भएका दुई जनाको शव र पाँच जना घाइतेलाई काठमाडौं ल्याइएको छ। 

बुधबार भएको दुर्घटनामा दुई जना भुटानी नागरिकको मृत्यु भएको छ। उनीहरुको शवसहित दुर्घटनामा घाइते भएका पाँचै जनालाई हेलिकप्टरमा काठमाडौं ल्याइएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए। घाइतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेको शेर्पाले बताए।  घाइते नेपाली जिप चालक हुन्। प्रहरीकाअनुसार मृत्यु हुनेमा ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङ्मु रहेका छन्।भुटानबाट घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको बोलेरो दुर्घटनामा परेको हो।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >