१०० ग्राम खैरो हिरोइन सहित ३ जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
thumb (2)

वीरगन्ज — लागूऔषध खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थसहित पर्सा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।वीरगन्ज महानगरपालिका–१६ स्थित सडक खण्डमा शंकास्पद अवस्थामा देखिएपछि प्रहरीले खानतलासी गर्दा १०० ग्राम सेतो हिरोइन जस्तो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत शुक्रबार सेतो हिरोइन बरामद भएपनि प्रहरीले बुधबार घटना सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका– १६ बस्ने ६१ वर्षीय राजबली महतो, ४५ वर्षीय मनोहर महतो र वाराको परवानीपुर गाउँपालिका– ५ निवासी ३७ वर्षीय अवधेश प्रसाद पटेल रहेको प्रहरी प्रवक्ता कुमार बिक्रम थापाले बताए ।

उनका अनुसार शंकास्पद रुपमा बाटोको छेउमा उभिएर ३ जना कुराकानी गरेको देखिएपछि प्रहरी टोलीले खनतलासी गरेको थियो ।

डिएसपी थापाका अनुसार राजबली महतोले लगाएको ज्याकेटको दाहिने खल्तीबाट सेतो रंगको प्लाष्टिकमा बेरी लुकाइ छिपाइ राखिएको लागू औषध खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थ ५० ग्राम फेला परेको थियो ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >