क्यान्सर बिरामीलाई वायुसेवा निगमको जहाजमा शतप्रतिशत छुट

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
og

बीरगंज – २२ माघ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले क्यान्सर पीडित बिरामीलाई निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत निगमले काठमाडौँ-दिल्ली-काठमाडौं हवाई उडानमा क्यान्सर बिरामीलाई हवाई भाडामा शतप्रतिशत र बिरामी कुरुवालाई ५० प्रतिशत छुट दिइरहेको छ । यस्तो सेवा डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसको आधारमा निगमले छुट सेवा प्रदान गर्दै आएको छ ।निगमको यस सेवा मार्फत गत वर्ष सन् २०२३ मा ७७० जना यात्रुले छुट सुविधा उपभोग गरेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

यसै सन्दर्भमा आज ४ फेब्रुअरी, विश्व अर्वुदरोग दिवस (वर्ल्ड क्यान्सर डे) को सन्दर्भमा ‘रोग लाग्नबाट बचौँ र बचाऔँ’ भन्ने मूल नारासहित निगमले ऐक्यबद्धता जनाएको छ ।लामो समयदेखि क्यान्सर बिरामीलाई दिँदै आएको सुविधा थप निरन्तरता दिने प्रतिबद्धता जनाउँदै निगमले यस खालको सुविधाले बिरामी परिवारमा थोरै भए पनि राहत पुग्नेमा विश्वास व्यक्त गरेको छ ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >