कलैया बाट बिरगन्ज जादै गरेको प्याज लोड रहेको पिकअप प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG_20240206_150707

बीरगंज – २३ माघ। बारा प्रहरीले कलैया बाट बिरगन्ज जादै गरेको प्याज लोड रहेको पिकअप नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय प्रसौनी बाट खटिएको प्रहरी टोलिले परवानीपुर गाँउपालिका वडा नम्बर ५ गण्डक चोक स्थित म.प्र. ०३-००१ च ७०९८ नं. को पिकअप नियन्त्रणमा लिएको हो । सवारी चालकले बिल बिजक भन्दा बढी श्रोत खुलाउन नसकेको १ लाख ५० हजार मुल्यको प्याज प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थित जनकपुर बाट काठमाडौ तर्फ जादै गरेको प्र.०३-००१ ख २९६१ नं. को यात्रुबाहाक बस चेक जाँच गर्दा बिल भर्पाई नभएको  भन्सार छलीका दुई सय किलो  प्याज र १२० पिल टावेल  नियन्त्रणमा लिएको छ ।

बरामद भएका समानहरू सहित पिकअप नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >