सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति द्वारा कोल्हवीमा प्रदर्शन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG_1291-1536x1024

बीरगंज- २३ माघ : सरकारले सडक बनेको ४ बर्ष बितिसक्दा पनि बाराका तामागढी-सिमरौनगढ सडक खण्डको मुआब्जा बितरण नगर्दा उक्त सडक खण्डमा जग्गा परेकाहरु अहिले आन्दोलित भएको छ। मंगलबार तामागढी सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समितिले जुलुस निकालेर प्रदर्शन गरेको छ । कोल्हवीमा समितिले जुलुस निकालेर प्रदर्शन गरेको हो ।

कोल्हवीको बटौलिया बाट निस्किएको जुलुसले कोल्हवी नगरको परिक्रमा गर्दै कोल्हवी बजारमा कोणसभामा परिणत भएको थियो।जुलुसमा सहभागिहरुले बाटोको मुआब्जा ब्याजसहित दिलाई देउ, अर्थमन्त्री मुर्दावाद, हाम्रो माग पूरा गर, नालायक सरकार मुर्दावाद लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरेको छ।तामागढी सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराका अध्यक्ष रामबाबु साह तेलिले कार्यक्रममा बोल्दै मुआब्जाको माग गर्दै सरकारको आलोचना गरेका थिए । उनले माग पूरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । तामागढी सिम्रौनगढ सडकमा ७० बिघा जग्गा परेको र एक हजार ५ सय किसान मुआब्जा पिडित रहेको समितीका सचिव रामानन्द चौधरीले बताउनुभयो ।तामागढी-सिमरौनगढ सडक अन्तर्गत सरकारले मुआब्जा नदिदा अहिले टेढाकट्टीमा सडक बिस्तार हुन सकेको छैन।सरकारले मुआब्जा पिडित संग पटक पटक सम्झौता गरेपनी सरकारले अहिले सम्म मुआब्जा उपलब्ध गराउन सकेको छैन सरकारले मुआब्जा उपलब्ध न गराए पछि अब निजगढमा सडक जाम गर्ने समेत रामानन्द चौधरीले बताए 

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >