कांग्रेस महामन्त्री थापाको संवाद यात्रा स्थगित

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Gagan-Thapa-1024x683

बीरगंज – २३ माघ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चालन गर्नुभएको मेची महाकाली संवाद यात्रा तत्कालका लागि स्थगित भएको छ। पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गए राति निधन भएकाले संवाद यात्रा स्थगित गरेका हुन् ।झापाका पुराना र प्रभावशाली नेता बुढाथोकीको निधनप्रति महामन्त्री थापाले गहिरो दुःख व्यक्त गरे ।

झापाबाट यही माघ १३ गते सुरु भएको संवाद यात्रा हुलाकी मार्ग हुँदै नवलपरासीको गोपीगञ्जसम्म पुगेको थियो । उनको यो संवाद यात्रा यही २६ गते धनगढीमा पुगेर समापन गर्ने कार्यक्रम रहेको थियोउनले नेपाली कांग्रेसले सञ्चालन गरेको समुदायमा कांग्रेस अभियान अन्तर्गत नै आफ्नो मेची महाकाली संवाद यात्रा सञ्चालन गरे थिए ।उनले यात्राका क्रममा स्थानीय बासिन्दासँग विकास निर्माण, स्थानीय समस्या र असल अभ्यासका बारेमा छलफल गर्दै आएका थिए । अभियानका क्रममा भाषण र आसन ग्रहण नगरी जनताको कुरा नै धेरै सुन्ने तरिकाले कार्यक्रम गरेका थिए । स्थगित भएको कार्यक्रम पछि समय मिलाएर निरन्तरता दिई समापन गर्ने उनको सचिवालयले जनाएको छ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >