बीरगंज – २४ माघ। जनता समाजवादी पार्टी (जसपा) नेपालको हेटौडा उपमहानगर समिति पुनर्गठन भएको छ । हेटौडाको बुद्धचोकमा आज (बुधबार) आयोजित कार्यक्रमबाट छविलाल वाइवाको अध्यक्षतामा २५ सदस्यीय समिति पुनर्गठन भएको हो ।
समितिको उपाध्यक्षमा सुवास लामा सचिवमा दिलकुमारी खड्का चयन भएका छन् ।पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् बागमती प्रदेश समिति इन्चार्ज सुशीला श्रेष्ठलगायतका नेताहरुको उपस्थित रहेका थिए ।


