असई हत्याका दोषी सांसद अभिरामको सेवासुविधा रोक्का, फरार रहेका उनलाई खोज्दै प्रहरी

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
MAdesh-pardesh-_____ (1)

बीरगंज – २४ माघ । मधेश प्रदेशसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्माको सेवासुविधा रोक्का भएको छ । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका उनको सेवासुविधा प्रदेश संसदले रोक्का गरेको हो ।

मंसिरमा भएको फैसलाकै बेलादेखि प्रदेश सांसद शर्मा फरार छन् । उनी राष्ट्रिय सभाको चुनावमा मतदानमा समेत भाग लिएनन् । माघ महिनादेखि उनको सेवासुविधा रोक्का गरिएको सभामुख रामचन्द्र मण्डलले बताए । पुससम्मको शर्माको सेवासुविधाको रकम खातामा पठाइएको सचिवालयले जनाएको छ ।

शर्मा महोत्तरी क्षेत्र नं. ३ (क)बाट दोश्रो पटक प्रत्यक्ष निर्वाचित छन् । यसअघि उनी २०७४ को निर्वाचनमा सोही क्षेत्राट जितेका शर्मा मुख्यमन्त्री लालबाबु राउतको सरकारमा सामाजिक विकास राज्यमन्त्री बनेका थिए ।

अदालतबाट फैसलासहितको पत्र आएपछि अथवा ७० दिन कटेपछि उनलाई निलम्बन गर्ने सभामुख मण्डलले बताए ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >