नगर प्रमुख बैजनाथ द्वारा निर्माणधिन भवनको अनुगमन ।

रौतहट जिल्लाको माधवनरायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले निर्माणधिन चार कोठे विद्यालय भवनको अनुगमन गरेक छ्न । माधवनरायण नगरपालिकाका वडा नम्बर -६ माधोपुरमा रहेको श्री माध्यमिक विद्यालय माधोपुरको परिसरमा निर्माण भइ रहेको राष्ट्रपती बाल भवनको कामको गुणस्तर हेर्न नगर प्रमुख आफै भवन निर्माण स्थलमा पुगि निरिक्षण गर्नु भएको छ । ४५ लाखको लागतमा निर्माण भइ रहेको उक्त चार कोठे राष्ट्रापती बाल भवनको निर्माण कार्य तिब्र गतिमा गरि समयमा गुण्स्तरिय भवनको निर्माण कार्य सम्पन्न गर्न नगर प्रमुख यादवले निर्देशन समेत दिएका थिए ।



