त्रिपुरेश्वरमा कार्यरत प्रहरी जवान लागुऔषधसहित पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240217-134520_Facebook

बाँके । जाजरकोट भेरी नगरपालिका वडा नम्वर ४ घर भएका प्रहरी जवान तिलक सुनार प्रतिबन्धित लागुऔषध सहित नेपालगन्जको जमुनाहा नाकाबाट पक्राउ परेका छन् । भारतको रुपैडियाबाट लागुऔषध लिएर आउँदै गर्दा २४ बर्षीय सुनारलाई लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्जको टोलीले पक्राउ गरेको हो ।   

सुनारले ज्याकेटको गोजीमा राखेर ल्याउँदै गरेको अवस्थामा प्रतिबन्धित लागुऔषध ६ सय ट्याब्लेट ट्रामाडोल नामक लागुऔषध बरामद भएको  ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायब निरीक्षक (सई) नविन रिजालले जानकरी दिए ।

पैदल हिडेर आउँदै गरेका सुनारको व्यवहार शंकास्पद लागेपछि लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्जको टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध बरामद भएको हो ।

काठमाडौ उपत्यका प्रहरी शुरक्षा गण त्रिपुरेश्वरमा कार्यरत प्रहरी जवान सुनार कार्यरत छन् । 

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >