हुलाकी राजमार्ग अन्तर्गत इनर्वा चौकको बिच सडकमा शव राखेर शुक्रबार आफन्तजन,परिवार तथा स्थानीयले प्रदर्शन गरेका छन् ।अज्ञात सवारी साधनले ठक्कर दिएका घाइतेको उपचारका क्रममा मृत्यु भएपछि उनीहरुले प्रदर्शन गरेका हुन् ।सरस्वती पूजाको दिन पूजा गराउन साइकलमा सदरमुकाम कलैया जाँदै गरेका बाराको महागढीमाई नगरपालिका–२ घर भएका हरेन्द्र मिश्रालाई पसाह पुल नजिकै अज्ञात गाडिले ठक्कर दिएको थियो । घटनामा उनी घाइते भएका थिए ।उनको उपचारको क्रममा बिहीबार राती मृत्यु भएको हो । यस पछी परिवारजन तथा आफन्तले शुक्रबार हुलाकी राजमार्गअन्तर्गत इनर्वा चोकमा शव राखेर प्रदर्शन गरेका छन् ।उनीहरुले सवारीसाधनको पहिचान हुनुपर्ने माग गरेका छन् । मृतकलाई क्षतिपूर्ति दिनुपर्ने र चालकलाई कारबाही गर्नु पर्ने माग उनीहरुको छ।