खाताबाट करीब डेढ करोड रकम चोर्ने राबा पोखरियाका कर्मचारी पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240222-090603_Facebook

वीरगञ्ज ९ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अरुको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको छ ।राष्ट्रिय वाािण्ज्य बैंकमा रहेको अरुको खाताबाट अनाधिकृतरुपमा प्रवेश गरेर एक करोड भन्दा बढी पैसा निकालेको आरोप सिआइबीको टोलीले सोही बैंकको पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको हो ।राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखाको खाताबाट १ करोड ३७ लाख ८६ हजार रुपैयाँ चोर्ने राष्ट्रिय वाणिज्य बैंक पर्सा पोखरिया शाखाका कर्मचारी रोहितकुमार ओझालाई सिआइबीले पक्राउ गरेको जनाएको छ ।नक्कली ‘कनेक्ट आइपीएस’ बनाएर बानेश्वरमा रहेको अरुको खाताबाट पैसा चोर्ने राष्ट्रिय वाणिज्य बैंक पर्सा पोखरिया शाखाका कर्मचारी ओझालाई पक्राउ गरिएको सिआइबी प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले पुष्टि गरे ।उनी पोखरिया शाखामा कनिस्ट सहायक कर्मचारी भएको अनुसन्धानमा पाइएको प्रहरीले जनायो । उनले भने,‘कोरियामा बस्ने एक नेपालीले राष्ट्रिय वाणिज्य बैंकमा पैसा जम्मा गर्दै आइरहेका थिए, बानेश्वर शाखामा उनको खाता छ । त्यही शाखाबाट नक्कली कनेक्ट आइपीएस बनाए ओझाले अनाधिकृतरुपमा प्रवशे गरे, अनि ती व्यक्तिको खाताबाट पैसा चोर्न थाले ।’त्यसपछि खातावालाले बैंकमा उजुरी गरेपछि बैंकले गरेको छानविनमा ओझाले पैसा चोरी गरेको पाइएको बैंकले दिएको जाहेरीमा उल्लेख छ,’ उनले भने । सिआइबी प्रवक्ता बोगटीका अनुसार ओझाले २१ पटक गरेर बानेश्वर शाखाबाट पैसा झिकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।पक्राउ परेका ओझालाई राष्ट्र बैंक कसुर ऐन अन्तर्गत म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सिआइबी प्रवक्ता बोगटीको भनाइ छ ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >