बारामा फेटा गाउँपालिका फागुन ८ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । सरकारको राष्ट्रिय खोप कार्यक्रम अनुसार जनस्वास्थ्य कार्यालय फेटा गाउँपालिका स्वास्थ्य शाखले यही फागुन ८ गते देखि अभियान सञ्चालन गर्न लागेको हो । जनस्वास्थ्य कार्यालयले खोप अभियान सञ्चालनको तयारी अघि बढाएको छ । फेटा गाउँपालिका स्वास्थ्य शाखाले ९ महिना देखि १५ बर्ष उमेर समुहका बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउने लक्ष्य अनुसार तयारी भएको स्वास्थ्य कार्यालय प्रमुख राय मनोहर साहले बताएका छन । जनस्वास्थ्य कार्यालय फेटा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राय मनोहर साहले यो खोप अभियान सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले कुनै पनि बालबालीका नछुट्ने गरी काम गर्न पनि निर्देशन दिनुभएको छ। सरकारले सन् २०२६ सम्म दादुरा रुबेला रोगलाई निवारण गर्ने लक्ष्य लिएको छ । सन् २०१३ मा पहिलो पटक दादुरासँगै रुबेला विरुद्धको खोप लगाइएको थियो । दादुरा र रुबेला दुवै भाइरसबाट बालबालिकामा सर्ने सरुवा रोग हुन् । फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारीको अध्यक्षतमा भएको कार्यक्रममा विशिष्ट अतिथि उपाध्यक्ष निलम साह, वाड नं १ का वाड अध्यक्ष विगायन दास, वाड नं ५ का वाड अध्यक्ष पप्पु सिंह, वाड नं ३का वाड अध्यक्ष पहलाद साह, योजना प्रमुख जकिर हुसैन, प्रशासन प्रमुख सुशील साह, शिक्षा प्रमुख अलि हुसैन, लगायत कार्यपालिका सदस्य र शिक्षाक लगायत वर्गका उपस्थित रहेको थियो।


