वीरगन्ज : करिब सात लाख रुपैयाँ बराबरको जुत्ता चप्पल बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
432302714_374613095385222_1687348775667501007_n

वीरगन्ज । भारतबाट तस्करी गरी ल्याइएको जुत्ता चप्पल प्रहरीले वीरगन्जबाट बरामद गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर सडक खण्डकाे एक कोठा भाडामा लिई नामथर वतन नखुलेको व्यक्तिले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको ठूलो परिमाणमा जुत्ताचप्पल बरामद गरेको हो ।

भारतबाट ल्याइएको जुत्ताहरू अनाधिकृतरूपमा भण्डारण गरी राखेकोमा गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त गोदाममा छापा मारेर बेवारिसे अवस्थामा जुत्ताचप्पल बरामद गरेको हाे।

गोदामबाट ६ सय ९५ जोर जुत्ता, ३७ पिस सुपर क्लिक क्रिम र प्लाष्टिकको लेडिज चप्पल २६ जाेर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बरामद जुत्ता, चप्पल लगायतका बस्तुको मूल्य करिब ७ लाख ५ हजार रुपैयाँ रहेको छ ।

बरामद जुत्ताचप्प आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएक पर्साका प्रहरी नायब उपरीक्षक ध्रुबकुमार श्रेष्ठले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >