स्रोत नखुलेको भारतिय रुपैयासहित विहार सितामढीका ३ भारतियसहित ४ जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
makawanpur

वीरगञ्ज । स्राेत नखुलेकाे भारतिय रुपैयासहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिशेष सुचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले मकवानपुरका हेटौडा उपमहानगरपालिकाकाे वडा नं. १५ स्थितबाट ३ भारतियसहित ४ जनालाई नियन्त्रणमा लिएकाे हाे ।

भारत विहार राज्य सितामढी थाना भुभैरवो वडा नं. ९ निवासी ३० बर्षिय राकेश कुमार राय, साेही ठाउँ निवासी नै ३० बर्षिय चान्द बाबु, ३७ बर्षिय अशोक राय र जिल्ला सुनसरी कोशी गाउँपालिका वडा नं. ४ निवासी ३२ बर्षिय निजाम मिँयालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।

रातोमाटे चेक प्वाईन्ट स्थित शनिबार राति ११ बजेको समयमा पुर्व-पश्चिम सडक खण्डमा वीरगञ्ज तर्फबाट हेटौडा तर्फ आउँदै गरेकाे बिआर ०१ एआर २९९१ नम्बरकाे कारलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कारमा सवार चारै जनाकाे साथबाट लुकाई छिपाई गरी राखेको अवस्थामा पाँच लाख उनन्पचास हजार भारतिय रुपैया र दुई लाख पचास हजार नेपाली रुपैया फेला परेकाे प्रहरीले जनाएकाे छ ।

उक्त स्राेत नखुलेकाे रुपैया र कारसहित ४ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रेस विज्ञप्ति मार्फत जनाएकाे छ ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >