उपेन्द्र यादवलाई मन्त्री बनाएकोमा गौर हत्याकाण्ड पीडित संघर्ष समितिको आपत्ति

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
gaur_main

वीरगञ्ज । गौर हत्याकाण्डमा मारिएकाहरुका आफन्तहरुले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेकोमा आपत्ति जनाएका छन् ।

गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवलाई मन्त्रिमण्डलमा सहभागी गराएकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराए ।

संघर्ष समितिका संयोजक रुपसागर उपाध्यायद्वारा विज्ञप्तिमा भनिएको छ, ‘पीडितसँग गरेको लिखित सम्झौता एवं प्रतिबद्धता विपरित उल्टै मन्त्री बनाउने कार्य आपत्तिजनक, दुखद एवं निन्दनीय मात्र नभई कानूनी शासनको उपहास पनि हो ।’

प्रधानमन्त्रीको यसप्रकारको क्रियाकलापले न्यायको परुखाईमा रहेका आफूहरूलाई झन् पीडित एवं मर्माहत बनाएको उपाध्यायको विज्ञप्तिमा उल्लेख छ ।
गौर हत्याकाण्ड पीडित संघर्ष समितिले यादव सो प्रकरणमा दोषी रहेको भन्दै कारबाहीको माग गर्दै आएको छ ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >