हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2024-04-02 at 2.37.50 AM

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सोमबार जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ मुसहर्वा स्थित सडक खण्डमा हरिकिशोर प्रसाद पटेलले प्रदेश २-०३-०१६ प २३३७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालमा लुकाई छुपाई गरि ल्याउने क्रममा श्रोत नखुलेको अवैध रकम सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा बस्ने असर्फि राउत कुर्मीको छोरा ३४ वर्षीय  हरिकिशोर प्रसाद पटेल र बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बस्ने राजिन्द्र महतो कोईरीको छोरा ४२ वर्षीय रमेश प्रसाद कुशवाहा रहेका छन् ।

पटेलले दिएको बयानका आधारमा यसमा संलग्न कुशवाहालाई पनि सोमबार नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पटेलको साथबाट विभिन्न दरको नेपाली रू.१३ लाख ५० हजार रुपैयाँ बरामद भएको छ ।

उनिहरुको सथाबाट ४ थान मोबाइल पनि बरामद गरिएको छ ।

उनिहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसनधान कार्य भई रहेको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले पत्रकार सम्मेलन आयोजना गरि यसबारे जानकारी दिएका छन् ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >