बाराको मटिअर्वा सिमानाकाबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सन्युक्त टोलीले ९ लाख ५० हजार भारतीय रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2024-04-02 at 12.26.18_6b230f8e

बारा -मंगलवार बिहान् १०:५० बजेको समयमा बाराको कलैया उमनपा १० मटिअर्वा स्थित भन्सार गेटमा प्रस्तावित सिमा सुरक्षा गुल्म मटिअर्वाका सशस्त्र प्रहरी नायब उपरीक्षक भवराज कटवाल र प्रहरी चौकीका वरिष्ठ सईको श्याम किशोर यादवको सन्युक्त कमाण्डमा खटिएको टोलीले नेपालवाट भारततर्फ जादै गरेको मधेश प्रदेश ०३-०२५ प ३९३६ नम्बरको २२० सिसिको मोटरसाइकललाई चेकजाच गर्ने क्रममा भारतीय रुपैयाँ ५०० का नोट १९०० थान जम्मा गरि ९ लाख ५० हजार बरामद भएको हुँदा मोटरसाइकल चालक र पछाडि सवार भएको ब्यक्तिलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा जिल्ला बारा श्रीनगर वैरिया ८ हाल पचरौता न.पा.०३ वस्ने वर्ष ३२ को श्यामवावु सहनी र सोही वस्ने वर्ष २२ को भुलन पटेल रहेको प्रहरीले जनाएको छ।बरामद भएको रकमको स्रोत नखुलेकोले हुन्डी कारोवारको आशंकामा ब्यक्तिहरुलाई नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको सशस्त्र प्रहरी बाराले जानकारी गराएको छ

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >