हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2024-04-02 at 2.37.50 AM

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सोमबार जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ मुसहर्वा स्थित सडक खण्डमा हरिकिशोर प्रसाद पटेलले प्रदेश २-०३-०१६ प २३३७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालमा लुकाई छुपाई गरि ल्याउने क्रममा श्रोत नखुलेको अवैध रकम सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा बस्ने असर्फि राउत कुर्मीको छोरा ३४ वर्षीय  हरिकिशोर प्रसाद पटेल र बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बस्ने राजिन्द्र महतो कोईरीको छोरा ४२ वर्षीय रमेश प्रसाद कुशवाहा रहेका छन् ।

पटेलले दिएको बयानका आधारमा यसमा संलग्न कुशवाहालाई पनि सोमबार नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पटेलको साथबाट विभिन्न दरको नेपाली रू.१३ लाख ५० हजार रुपैयाँ बरामद भएको छ ।

उनिहरुको सथाबाट ४ थान मोबाइल पनि बरामद गरिएको छ ।

उनिहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसनधान कार्य भई रहेको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले पत्रकार सम्मेलन आयोजना गरि यसबारे जानकारी दिएका छन् ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >