बारा प्रहरीले अभद्र व्यहार चालु मुद्दाका एक जना फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट अभद्र व्यहार चालु मुद्दामा वरदात पश्चात फरार रहेको व्यक्ति लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।
अभद्र व्यहार चालु मुद्दामा बाराको परवानिपुर गाँउपालिका वडा नम्बर १ बुनियाद टोलमा बस्ने अन्दाजी २२ वर्षीय परवेज मियाँलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बिरेन्द्र राज गुरुङले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन्


