नेशनल मेडिकल कलेजमा अनुगमन समितिको छापा,एमडी अन्सारीसहित दुई जना प्रहरी नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
nmc-red-12

वीरगन्ज,२६चैतः  वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक शहनवाज हुसेन अन्सारी र ल्याब प्रमुख सन्जय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेडिकल कलेजको ल्याब र फार्मेसीमा म्याज गुज्रिएको औषधी र केमिकल फेला परेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो ।

दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिए ।

सोमबार दिउँसो वीरगन्ज महानगरपालिकाको बजार अनुगमन समितिले मेडिकल कलेजको ल्याब र फार्मेसीमा छापा मारेको थियो । त्यसक्रममा ल्याबमा बिरामीको उपचारमा प्रयोग भइरहेकै अवस्थामा म्याज गुज्रिएका केमिल र फार्मेसीमापनि म्याद गुज्रिएका औषधी भेटिएको अनुगमन समितिका सदस्य तथा महानगरका कार्यापालिका सदस्य कन्हैया ठाकुरले बताए । अनुगमन टोलीमा पर्साका प्रहरी उपरक्षिक कुमोध ढुंगेलपनि सहभागी थिए ।

मेडिकल कलेजको ल्याब र फार्मेसीमा गरी म्याज गुज्रिएका ४० भन्द्या बढी प्रकारका केमिकल र औषधी बरामद गरिएको ठाकुरले जानकारी दिए । उनले भने,‘ ल्याबमा बिरामीको रगत परिक्षणमा प्रयोग गरिने केमिकलहरु म्याद गु्ज्रिएको भेटियो । फ्रिजमा राखिएका केमिकलपनि म्याज गुज्रिएको भेटियो । सन् २०२१ फेब्रुअरीमै डेट एक्स्पायर भएका केमिकलहरु भेटिए । यस्तै फार्मेसीमा पनि विभिन्न प्रकारका औषधीहरु डेट एक्स्पायर भएको फेला परर्यो ।

ल्याब र फार्मेसीमा म्याज गुज्रिएका केमिकल र औषधी फेलापरेपछि अनुगमन टोलीमा सहभागी रहेका प्रहरी उपरक्षिक ढुंगेलले प्रबन्ध निर्देशक अन्सारी र ल्याब प्रमुख साह दुवैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको ठाकुरले जानकारी दिए ।

यता पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरक्षिक न्यौपानेले पनि अन्सारी र साहलाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे । उनले भने,‘ ल्याब र फार्मेसीमा म्याद गुज्रिएका केमिकल र औषधी भेटिएपछि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । म्याद गुज्रिएका केमिकल र औषधीपनि प्रहरीले नियन्त्रणमा लिएको छ ।’यस बारेमा थप अनुसन्धान भइरहेकोपनि उनले बताए ।

मेडिकल कलेजमा सोमबार छापा मार्न गएको महानगरको अनुगमन टोलीमा प्रहरी उपरक्षिक ढुंगेलसंगै वीरगन्ज उद्योग वाणिज्य संघका सचिव मनोज दास, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी ब्रम्हदेव यादव , घरेलु तथा साना उद्योग कार्यालय पर्साका सन्जय महतो ,औषधी व्यवस्था विभाग, महानगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी लगायतकोपनि सहभागीता थियो ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >