पिकअप गाडीमा लागु औषध तस्करी गर्ने दुई युवक वीरगन्जमा पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
drgus-smuggling-

वीरगन्ज,२६चैतःवीरगन्जमा प्रहरीले ठूलो परिमाणमा लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । मालवाहक पिकअप गाडीमै लागु औषध तस्करी गर्ने दुई जनालाई ठूलो परिमाणमा लागु औषधसहित वीरगन्जको नगवाबाट प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले गत शनिबार बेलुकी वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाको बोखार चोकमा मधेश प्रदेश ०३–००१ च ७०९८ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा उक्त पिकअप गाडीमा फल्स सिलिङ बनाई फल्सभित्र कालो टेपले बेरेर लुकाइएको लागु औषध नुरफिन हजार १ हजार २०० पिस, फेनारगन १ हजार २०० पिस, डाइजेपाम १ हजार २०० पिस, ओनरेक्स ५० बोत्तल र टपेन्टाडोल ट्याब्लेट ३९० पिस बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।

बरामद लागु औषधसहित गाडीका चालक वीरगन्ज महानगरपालिका वडा नम्बर २० का २१ बर्षिय विष्णु पटेल र त्यही ठाँउका २० बर्षिय राजन यादवलाईपनि नियन्त्रणमा लिइएको थापाले जानकारी दिए ।

लागु औषध र गाडीसहित नियन्त्रणमा लिइएका दुवै जनाविरुद्ध लागु औषध सम्बन्धी कसूरमा आइतबार पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको थापाले बताए ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >