प्रेम गरेर भारत लैजाँदै गरेका युवक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
417399160_919272950208211_9110931006781258043_n

पर्सा — १७ वर्षीया नेपाली नाबालिका किशोरीलाई सामाजिक सन्जालबाट प्रेम सम्बन्धमा पारी भारत लैजाँदै गरेका एक युवकलाई भारतीय सुरक्षाकर्मीले वीरगन्जको सिमावर्ती सहर रक्सौलबाट पक्राउ गरेका छन् ।प्रहरीले पर्सा जगरनाथपुर गाउपालिका पाँडेपुरका २७ वर्षिय मोहम्मद मंजुर आलम खानलाई पक्राउ गरेको हो । खानलाई भारतको मानव तस्कर रोधी इकाई (क्षेत्रक मुख्यालय) बेतिया कार्यालय ४७ औं बाहिनी सशस्त्र सीमा बल रक्सौल पूर्वी चंपारण बिहारले ‘मिशन निर्भया’ अन्तर्गत शुक्रबार सीमाबाट पक्राउ गरेको हो ।भारतीय सुरक्षा फौज एसएसबीका इन्स्पेंक्टर मनोज कुमार शर्मालाई प्राप्त सूचना अनुसार नेपाल भारत मैत्री पुलमा आवश्यक सर्तकता अपनाइएपछि खानलाई ती नाबालिका सहित नियन्त्रणमा लिन सफलता मिलेको हो । माइती नेपाल वीरगन्ज आवधिक गृहको सहजीकरण पछि खान र ती बालिका दुबैसँग बयान लिइएको थियो ।

बयान अघि दुबैले आफूहरु पती पत्नी रहेको बताएपनि बयानको क्रममा भने किशोरीले सामाजिक सन्जालबाट प्रेम सम्बन्ध परेपछि खानले विवाह गर्ने भनी आफूलाई भारत लग्न खोजेको बताइन् । बयानको क्रममा खानको पहिलो पत्नीसंग सम्बन्ध बिच्देद भइ सकेको र दोश्रो विवाह तय भई सकेको छ ।हाल तेश्री किशोरीलाई पनि उनले विवाह गर्ने बताउँदै भारत लग्न खोजेको पाइएको इन्सपेक्टर शर्माले बताए ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >