प्रेम गरेर भारत लैजाँदै गरेका युवक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
417399160_919272950208211_9110931006781258043_n

पर्सा — १७ वर्षीया नेपाली नाबालिका किशोरीलाई सामाजिक सन्जालबाट प्रेम सम्बन्धमा पारी भारत लैजाँदै गरेका एक युवकलाई भारतीय सुरक्षाकर्मीले वीरगन्जको सिमावर्ती सहर रक्सौलबाट पक्राउ गरेका छन् ।प्रहरीले पर्सा जगरनाथपुर गाउपालिका पाँडेपुरका २७ वर्षिय मोहम्मद मंजुर आलम खानलाई पक्राउ गरेको हो । खानलाई भारतको मानव तस्कर रोधी इकाई (क्षेत्रक मुख्यालय) बेतिया कार्यालय ४७ औं बाहिनी सशस्त्र सीमा बल रक्सौल पूर्वी चंपारण बिहारले ‘मिशन निर्भया’ अन्तर्गत शुक्रबार सीमाबाट पक्राउ गरेको हो ।भारतीय सुरक्षा फौज एसएसबीका इन्स्पेंक्टर मनोज कुमार शर्मालाई प्राप्त सूचना अनुसार नेपाल भारत मैत्री पुलमा आवश्यक सर्तकता अपनाइएपछि खानलाई ती नाबालिका सहित नियन्त्रणमा लिन सफलता मिलेको हो । माइती नेपाल वीरगन्ज आवधिक गृहको सहजीकरण पछि खान र ती बालिका दुबैसँग बयान लिइएको थियो ।

बयान अघि दुबैले आफूहरु पती पत्नी रहेको बताएपनि बयानको क्रममा भने किशोरीले सामाजिक सन्जालबाट प्रेम सम्बन्ध परेपछि खानले विवाह गर्ने भनी आफूलाई भारत लग्न खोजेको बताइन् । बयानको क्रममा खानको पहिलो पत्नीसंग सम्बन्ध बिच्देद भइ सकेको र दोश्रो विवाह तय भई सकेको छ ।हाल तेश्री किशोरीलाई पनि उनले विवाह गर्ने बताउँदै भारत लग्न खोजेको पाइएको इन्सपेक्टर शर्माले बताए ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >