दुई लाख उनाईस हजार आठ सय चालीस बराबरको अबैध सामान सहित साईकल प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20240413-WA0016-860x387

बारा प्रहरीले दुई लाख १९ हजार आठ सय ४० रुपैयाँ बराबरको अबैध सामान सहित साईकल नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलिले जिल्लाको विभिन्न स्थानमा गाडिहरूलाई रोकी जाँच गर्ने क्रममो अबैध सामान सहित साईकल नियन्त्रणमा लिइएको हो ।

विल विजक भन्दा बढि सामानको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरी टोलिले जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १० स्थित चेकिङ्ग गर्ने क्रममा मधेस प्रदेश २–०३–००१ह२७७९ नम्बरको अटोलाई रोकी जाँच गर्दा अन्दाजी मूल्य रु.एक लाख बराबरको भन्सार छलीका कपडाहरू बरामद गरेको छ ।

उक्त अटोबाट पाईन्ट सर्ट २० पिस,टोपी ५० पिस,लहंगा २ पिस,परि ड्रेस १ पिस,पेटिकोट ३२ पिस,रेडिमेन्ट पाईन्ट सर्ट २÷२ पिस,साडी ३४ पिस र कुर्ता सलवार १ पिस कपडाहरु प्रहरीले बरामद गरेको छ।

त्यस्तै प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलिले जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुरस्थित भारतबाट नेपालतर्फ १२ वटा साईकलमा भन्सार छली गरी ल्याउदै गरेको तरकारी प्रहरी टोलिलाई देखी उक्त तरकारी र साईकल फाली मानिस फरार रहेकोले प्रहरीले जनाएको छ।

उक्त साईकल र तरकारी अन्दाजी मूल्य ७२ हजार रुपैयाँ बराबरको रहेको छ ।

त्यसैगरी प्रहरीले जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ खुदिया टोल स्थित भारतबाट नेपालतर्फ टाऊकोमा बोकी भन्सार छली गरी ल्याउदै गरेको किराना सामानहरु बरामद गरेको छ।

प्रहरी टोलिलाई देखी उक्त किराना समानहरु फाली मानिस फरार रहेको र किराना समानहरु अन्दाजी मूल्य रु. ३० हजार आठ सय ४० रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरी टोलिले जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसबरिया स्थित भारतबाट नेपालतर्फ टाऊकोमा बोकी ल्याउदै गरेको भन्सार छलीका समान बरामद गरेको छ।

उक्त समानहरू प्रहरीलाई देखी समान फाली मानिस फरार रहेकोले र समान अन्दाजी मूल्य १७ हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >