दुई लाख उनाईस हजार आठ सय चालीस बराबरको अबैध सामान सहित साईकल प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20240413-WA0016-860x387

बारा प्रहरीले दुई लाख १९ हजार आठ सय ४० रुपैयाँ बराबरको अबैध सामान सहित साईकल नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलिले जिल्लाको विभिन्न स्थानमा गाडिहरूलाई रोकी जाँच गर्ने क्रममो अबैध सामान सहित साईकल नियन्त्रणमा लिइएको हो ।

विल विजक भन्दा बढि सामानको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरी टोलिले जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १० स्थित चेकिङ्ग गर्ने क्रममा मधेस प्रदेश २–०३–००१ह२७७९ नम्बरको अटोलाई रोकी जाँच गर्दा अन्दाजी मूल्य रु.एक लाख बराबरको भन्सार छलीका कपडाहरू बरामद गरेको छ ।

उक्त अटोबाट पाईन्ट सर्ट २० पिस,टोपी ५० पिस,लहंगा २ पिस,परि ड्रेस १ पिस,पेटिकोट ३२ पिस,रेडिमेन्ट पाईन्ट सर्ट २÷२ पिस,साडी ३४ पिस र कुर्ता सलवार १ पिस कपडाहरु प्रहरीले बरामद गरेको छ।

त्यस्तै प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलिले जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुरस्थित भारतबाट नेपालतर्फ १२ वटा साईकलमा भन्सार छली गरी ल्याउदै गरेको तरकारी प्रहरी टोलिलाई देखी उक्त तरकारी र साईकल फाली मानिस फरार रहेकोले प्रहरीले जनाएको छ।

उक्त साईकल र तरकारी अन्दाजी मूल्य ७२ हजार रुपैयाँ बराबरको रहेको छ ।

त्यसैगरी प्रहरीले जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ खुदिया टोल स्थित भारतबाट नेपालतर्फ टाऊकोमा बोकी भन्सार छली गरी ल्याउदै गरेको किराना सामानहरु बरामद गरेको छ।

प्रहरी टोलिलाई देखी उक्त किराना समानहरु फाली मानिस फरार रहेको र किराना समानहरु अन्दाजी मूल्य रु. ३० हजार आठ सय ४० रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरी टोलिले जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसबरिया स्थित भारतबाट नेपालतर्फ टाऊकोमा बोकी ल्याउदै गरेको भन्सार छलीका समान बरामद गरेको छ।

उक्त समानहरू प्रहरीलाई देखी समान फाली मानिस फरार रहेकोले र समान अन्दाजी मूल्य १७ हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ
।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >