लागू औषध सहित एक युवक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_1713105413907

बारा प्रहरीले लागू औषध सहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जिल्लाको जितपुरसिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थित मौलापुरबाट काठमाडौँ तर्फ जाँदै गरेको प्र.०३-००१ ख २७०१ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा युवकलाई नियन्त्रणमा लिइएको हो ।

युवकले लुकाई छिपाई लैजाँदै गरेको लागु औषध प्रहरीले बरामद गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका वडा नं.०३ गम्हरीया बस्ने अन्दाजी २० वर्षीय अनिल बैठा रहेको प्रहरीले जनाएको छ ।

उनको साथबाट डाईजापाम-१ सय २ पाता २ हजार ५ सय ५० पिस,नाईट्राभेट ३ सय ११ पाता ४ हजार ६ सय ६५ पिस र नोरफिन ५० पाता १ हजार २ सय ५० पिस लागु औषध प्रहरीले बरामद गरेको छ ।

लागु औषध ट्याबलेट सहित युवकलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

पर्साका दुई स्थानमा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा नष्ट, ७५०० बोट फडानी

वीरगञ्ज, पर्सा ।जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागूऔषध विरुद्ध सञ्चालन गर्दै आएको अभियान अन्तर्गत सोमबार पर्सा जिल्लाका दुई फरक स्थानमा लगाइएको साढे तीन कठ्ठा क्षेत्रफलको

पुरा पढ्नुहोस >

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >